पूर्वराजाप्रति ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने -चिहानमा गएर हड्डी फुकेर सत्ता ल्याउने सपना नदेख्दा हुन्छ

पूर्वराजाप्रति ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने -चिहानमा गएर हड्डी फुकेर सत्ता ल्याउने सपना नदेख्दा हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यङ्ग्य गर्दै चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न बताएका छन् । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे । उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।

यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ । आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो,’ प्रधानमन्त्रीको भनाई छ । विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताए ।‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।