काठमाण्डु – नेकपा माओवादी केन्द्रका पूर्वमाओवादी नेताहरु निर्वचन आयोग पुगेका छन् ।
दल दर्ता खारेजीको माग गर्दै माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका लिलाबहादुर थापा, रामचन्द्रम मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेता थापाले माओवादी केन्द्र असंवैधानिकरुपमा चलेको भन्दै आयोगमा निवेदन लिएर पुगेको बताए ।
सर्वोच्च अदालतले नेपाल कम्युनियट पार्टी (नेकपा) खारेज गरेँसगै ब्यूतिएको एमालेमा प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले पार्टीबाट हटाएको थियो । समयमै महाधिवेशन नगरेको असंवैधानिक दलले कारबाही गर्न नसक्ने उनले बताए ।




प्रतिक्रिया