पूर्वमाओवादी नेताको मुद्दा ‘हेर्न नभ्याइने’ मा

पूर्वमाओवादी नेताको मुद्दा ‘हेर्न नभ्याइने’ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमाओवादीका चार नेताले सर्वोच्चमा हालेको रिट निवेदन हेन नभ्याइनेमा सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि एमालेमा प्रवेश गरेका चार पूर्वमाओवादी नेताले आफुहरु माओवादी केन्द्रमै रहेको दावी गर्दै बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट दायर गर्नेमा पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन् । उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।