काठमाण्डु – पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएकी छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २ सय एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएकी हुन् ।
अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताइन् ।




प्रतिक्रिया