काठमाडाैं— समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथापूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाइने बताएका छन्।
शुक्रबार काठमाडाैँमा भएकाे ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यक्ता’ विषयक अन्तरक्रिया उनले वैवाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाइँलाई नदिने नागरिकतासम्बन्धी प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने बताएका हुन्।
विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ,’ भट्टराईको प्रश्न थियो, ‘विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु प-यो?’ नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ एक वर्षदेखि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।
अहिलेको प्रस्तावमा कुनै विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेमा ७ वर्षसम्म परिचयपत्र दिने तर नागरिकता भने त्यसपछिमात्र दिने उल्लेख छ। बिहे गरेर आएकाले ७ वर्षसम्म राजनीतिक अधिकारमा – राजनीतिक नियुक्ति, उम्मेदवार र मतदानसमेत गर्न नपाउने प्रस्ताव गरिएको छ।
तर नेपाली कांग्रेसले भने अहिलेकै व्यवस्था अनुसार नागरिकता दिनु पर्ने माग राख्दै आएको छ। अहिलेको प्रावधान अनुसार विदेशी महिलाको नेपाली पुरुषसँग बिहे दर्ता भएपछि नागरिकता दिने व्यवस्था छ।




प्रतिक्रिया