पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि…(भिडियोसहित)

पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि…(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको बा. १ झ ९५२७ को पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो।

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बगाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो। एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको जानकारी पाएकाले छानबिन भइरहेको बताए।

ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सवार उक्त भ्यान पूर्व प्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त दृश्यको अगाडि इमर्जेन्सी लाइट बालेर हिँडेको एउटा सेतो कलरका स्कारपियो देखिन्छ । उक्त स्कारपियोमा लोकेन्द्रबहादुर चन्द सवार थिए ।

भिडियो