काठमाडौं – गत शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा स्कुटरलाई ठक्कर दिएपछि,चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यान चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको बा. १ झ ९५२७ को पछुवा गाडीले इमजेन्सी साईरन बजाएर बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।
सशस्त्र प्रहरी बलको गाडीलाई सोमबार महाशाखाले कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना गरेको छ । चालक सन्तोष घिमिरेलाई महाशाखामै बोलाएर पाँच सय रुपैयाँ जरिवानाको चिट थमाएको हो।
बिनाकारबाही छोडेको आरोपमा प्रहरीको व्यापक आलोचना भएपछि महाशाखाले सोमबार कारबाही गरेको हो।‘लापरबाहीपूर्वक सवारी चलाएको देखिएकाले कारबाही गरेका हौं,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने।
यो पनि :
प्रतिक्रिया