भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले गरे पशुपतिनाथको पूजाआजा

भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले गरे पशुपतिनाथको पूजाआजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री तथा जनता दलका नेता एचडी देवेगौडा काठमाडौं पुगेर पशुपतिनाथको पूजाआजा गरेका छन् । नेपालका विभिन्न धार्मिक स्थल भ्रमणको शिलसिलामा उनी विहीबार नेपाल आएका थिए ।

पशुपतिमा पुजाआजा सकेर गौडाले नेपालका पूर्व प्रधानमन्त्रीहरुसँग भेट्ने कार्यक्रम रहेको छ। पूर्व पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वको समितिले होटल द्वारीकामा गौडासँग भेटघाटका लागि तयारी गरेको छ।

८५ वर्षीय देवेगौडा सन् १९९६ जुनदेखि करिब ११ महिनाका लागि भारतको प्रधानमन्त्री बनेका थिए। त्यसअघि उनी कर्णानाटकका मुख्यमन्त्रीसमेत रहेका थिए। हाल उनका छोरा कर्णाटकका मुख्यमन्त्री छन्। उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।