कैलाली – अलइण्डिया राष्ट्रिय तेक्वान्दो हेडकोच प्रकाश जैगडीलाई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सम्मानित भएका छन् । बुधबार जैगडीलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा सम्मान गरेका हुन् ।
विगत दुई दशकदेखि तेक्वान्दो खेलमा निरन्तरता दिएका उनी भारतमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त गरिसकेका छन् ।
आफू प्रवासमा रहेपनि नेपाल राष्ट्रलाई खेलमार्फत् विश्व सामु चिनाउने आफ्नो अन्तिम धोको रहेको जैगडीले बताए । उनले खेल जगतलाई बढावा नदिएसम्म हामीले विकास र समृद्धि हासिल गर्न नसक्ने समेत बताए । उनी कैलाली टिकापुर निवासी हुन् ।
सन् २,००० बाट तेक्वान्दो खेलमा प्रवेश गरेका जैगडी सन् २,००३ ब्लकवेल्ड प्राप्त गरेका थिए । उनले तेक्वान्दो खेलमा भारतलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेका छन् अहिलेसम्म उनले भारतको तर्फबाट तेक्वान्दो खेलमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरका गोल्डमेडल र मेडलहरु प्राप्त गरेका छन् ।
उनले भारतको तर्फबाट भागलिइ रसीया कोरिया जापान मलेसिया नेपाल इन्डोनेसिया श्रीलंका बंगलादेश विश्वका अधिकांश देशहरुबाट भारतलाई गोल्डमेडल र विभिन्न मेडलहरु दिलाउन सफल भएका छन् । उनले दुई पटक राष्ट्रिय तेक्वान्दो वेस्ट प्लेरको उपाधि समेत पाइसकेका छन् ।
उनले बलिवुड हलिवुड भारतीय सेना लगायतहरुलाई पनि तेक्वान्दो सिकाउंछन् । बलिवुडमा अजय देवगन काजल टाइगर श्रफ अक्षकुमार र साउथ इन्डियन फिल्म र विभिन्न सिरेल कलाकारहरुलाइ एक्सन समेत सिकाउँछन् ।





प्रतिक्रिया