पूर्वप्रहरी खुलबहादुरलाई ३३ वर्षपछि न्याय

पूर्वप्रहरी खुलबहादुरलाई ३३ वर्षपछि न्याय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – २०४४ साल माघदेखि आठ महिना हिरासत र चार वर्षसम्म थुनामा रही बेकसुर सजाय भोगेका पूर्वप्रहरी हवल्दार खुलबहादुर कुँवर (भरत)ले सर्वोच्च अदालतबाट न्याय पाएका छन्।

नौ वर्षको जागिर खोसुवा र चरम शारीरिक र मानसिक यातना भोगेका उनलाई अदालतले निर्दोश सावित गरी हालसम्मको सबै सेवा सुविधा भरण पोषण गर्न आदेश दिएको हो। ‘नेपालमा न्याय मरेको रहेन छ। अन्तिममा सत्यको जीत भएरै छाड्यो’, उनले भने।

२०४४ साल माघमा महाराजगञ्ज प्रहरी तालिम केन्द्रको कोतगार्डमा कार्यरत हवल्दार कुँवरमाथी दुईवटा रिभल्वर चोरीको आरोप लाग्यो। त्यसदिन पुराना स्टाफ चारजना र तालिमे दुई जना गरी छ जना ड्युटीमा थिए। ‘छ जना सेन्ट्रीको माझबाट कोतभित्र राखिएको दुईवटा ३८ भोरको अमेरिकी रिभल्वर हरायो।

ड्युटी मेरो नेतृत्वमा थियो तर मलाई पत्तो भएन’, उनले भने, ‘मैले इन्स्पेक्टर तुलबहादुर केशीलाई रिपोर्ट गरेँ। उहाँले वास्ता गर्नुभएन। मलाई हिरासतमा राखियो। ममाथि अनुसन्धान हुनु स्वभाविकै थियो तर यातना हुनु हुन्थेनँ।’

हतियार हरायो भने मृत्यूदण्डसम्म हुन्छ भन्ने उनलाई सुनाइएको थियो। ‘आठ महिनासम्म हिरासतमा राखेर यातना दिएकाले २७ वर्षको उमेरमै आँखाको ज्योति गुम्यो। कान सुन्न छाडें। हत्कडीले हानेर दाँत झार्दिए’, कुँवरले भने, ‘नङमा पिन गोप्ने, करेण्ट लगाउने, थिलथिलो हुने गरी कुट्ने, खुर्सानीको खार लगाउने, मृत्यूदण्ड दिने भनेर जंगलमा खाल्डो खनेर पुर्ने प्रयास गर्नेसम्म गरे। हातखुट्टा नै चल्न छाड्यो। तर मैले सत्य छाडिनँ’, उनले भने।यो खरब आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।