कोरोना सङ्क्रमणबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

कोरोना सङ्क्रमणबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – सशस्त्र प्रहरी अस्पताल काठमाण्डुमा उपचार गराइरहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए ।

शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका हुन् । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाण्डुमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा रहेका थिए ।