पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु – भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शेर्पा २०७० सालमा रामेछापबाट संसदमा निर्वाचित व्यक्ति हुन् ।

शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्, ‘मन्त्री खाँण र सचिव पाण्डेका लागी एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकिय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । हाई प्रोफाइल व्यक्ति पक्राउ परेपछि शेर्पा अहिले मोबाइल अफ गरेपछि फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement