रास्वपा प्रवेश गर्दै पूर्वएआइजी पोखरेलले भने- रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ

रास्वपा प्रवेश गर्दै पूर्वएआइजी पोखरेलले भने- रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताहरूले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीका सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए ।

रास्वपा प्रवेश गर्दै पोखरेलले पार्टी सभापति लामिछानेमाथि अन्याय भएको र त्यसविरुद्ध लड्ने बताए ।

उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’