कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै आउने

कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै प्रकाशित हुने भएको छ । कोरोना भाइरसका कारण परीक्षा ढिला भए पनि नतिजा भने एक महिनाभित्रै प्रकाशित गर्ने गरी तयारी थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

मंगलबारबाट सुरु भएको कक्षा–१२ को परीक्षा अहिलेसम्म शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको छ । यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिइरहेका छन् ।

देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भई यही मंसिर १६ गते सकिने छ ।