कक्षा १२ को परीक्षा जेठमा हुने, परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

कक्षा १२ को परीक्षा जेठमा हुने, परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डरलाई प्रभावित नपार्ने गरी कक्षा १२ को परीक्षा जेठ महिनाभित्रै सक्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

उनले भने, ‘अब पनि शैक्षिक क्यालेन्डरलाई पछ्याएनौँ भने विद्यार्थीको भविष्य अन्योलमा पर्छ,’ उनले भने, ‘हामी शैक्षिक क्यालेन्डर नबिग्रने गरी परीक्षाको तयारी गरिरहेका छौँ । केहि दिनमै परीक्षा तालिका पनि सार्वजनिक गर्छौ ।’

अध्यक्ष शर्माले केहि दिनमा परीक्षतालिका समेत सार्वजनिक गरिने बताए । ‘स्थानीय निर्वाचनले परीक्षालाई केही प्रभावित बनाउन सक्छ । हामी त्यसलाई मध्यनजर गर्दै परीक्षातालिका तयार गर्छौं,’ उनले भने ।

कोरोना भाइरस महामारीका कारण दुई वर्षयता कक्षा १२ को परीक्षा प्रभावित हुदै आएको छ । बोर्डले आज (बिहीबार) वैशाख ९ गतेबाट हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।