काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले अहिले १ घन्टाभित्र नतिजा सार्वजनिक गरिने जानकारी दिए । यसपालि परीक्षा भएको १ महिनाभित्रै नतिजा सार्वजनिक गरिँदैछ । विगतमा नतिजा सार्वजनिक गर्न ३ महिना लाग्दै आएको थियो ।
चैत १९ गतेदेखि देशभर सञ्चालन भएको एसईई परीक्षा चैत २९ गते सकिएको थियो । परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए ।




प्रतिक्रिया