काठमाडौं – यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । बैशाख ११ गतेबाट सुरु गर्ने भनिएको परीक्षा कोरोना भाइरस महामारीका कारण नहुने भएको हो ।
आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।




प्रतिक्रिया