कक्षा ११ को परीक्षा नहुने, कलेजले नै विद्यार्थीलाई अंक दिने

कक्षा ११ को परीक्षा नहुने, कलेजले नै विद्यार्थीलाई अंक दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले यो वर्षको कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कलेजले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनको विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले कोरोना भाइरसको संक्रमणका कारण बैठक नहुने जानकारी दिए ।

वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने कार्यतालिका थियो । अब कलेजहरुले नै विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको थियो ।