काठमाण्डु – कक्षा ११ र १२ को परीक्षाको फारम बुझाउने म्याद थप गरिएको छ । असार २० गतेसम्म दोब्बर दस्तुर सहित परीक्षा आवेदन बुझाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्कूलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फाराम बुझाउन सक्नेछन ।
२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो ।





प्रतिक्रिया