कक्षा १२ काे परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कक्षा १२ काे परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि शनिबार बोलाइएको छ । केहि दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए । उनले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए ।

३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको बताउँदै आएकाे थियाे । तर बोर्डले स्वास्थ्य मन्त्रालयको दबाबपछि परीक्षा सार्न लागेको बुझिएको छ ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् ।