परीक्षा नदिएकालार्इ लाइसेन्स, यातायातका हाकिमसहित १० जनाविरूद्ध मुद्दा

परीक्षा नदिएकालार्इ लाइसेन्स, यातायातका हाकिमसहित १० जनाविरूद्ध मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इञ्जिीनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले हदैसम्मको जरिवाना र कैद सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ ।

त्यसैगरी तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती ठूलोभर्याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका नायबसुब्बा लेखनाथ भुसालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।