काठमाण्डु – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कोरोनाको जोखिम बढेकाले निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।
पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी गराइने सचिव थपलियाले बताए । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो ।




प्रतिक्रिया