१२ वर्षीया किशोरी १० कक्षाको परीक्षा दिँदै

१२ वर्षीया किशोरी १० कक्षाको परीक्षा दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा एक १२ वर्षीया किशोरी कक्षा १० को परीक्षा दिने भएकी छन्।

पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले १२ वर्षीया छात्रा सैफा खातुनलाई आगामी वर्षको १० कक्षाको परीक्षामा सामेल हुन अनुमति दिएको हो।
उनलाई बाहीरी विद्यार्थीका हैसियतमा अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती किशोरी अहिलेसम्म विद्यालय गएकी छैनन् । उनले घरमा नै आफ्नो सबै पढाई गरेकी थिइन् । अब उनले आउने वर्ष सीधै बोर्डको परीक्षा दिनेछिन् ।

बोर्डका अध्यक्ष कल्याणमय गांगुलीले सैफा खातुन गएको अगस्त महिनामा विद्यालयबाहिरका विद्यार्थीका लागि राखिएको योग्यता परीक्षामा भाग लिएको बताएका छन् । त्यस परीक्षामा उत्तीर्ण भएका कारण उनलाई यो अवसर प्राप्त भएको हो ।

गांगुलीका अनुसार १० कक्षाको बोर्ड परीक्षाको दुइ दशकको इतिहासमा अभूतपूर्व तथ्य हो ।

बंगाल बोर्डको यो परीक्षामा सामेल हुन कम्तीमा १४ वर्ष पुगेको हुनुपर्छ तर सैफा भने १२ वर्षकी मात्र छिन् ।