विश्वविद्यालयका सबै परीक्षा स्थगित

विश्वविद्यालयका सबै परीक्षा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको बताए ।

‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ । हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो ।’

बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।