पाँच पूर्वप्रधानमन्त्रीको निष्कर्षः प्रधानमन्त्रीको गतिविधिले आन्तरिक राजनीतिमा वाह्य हस्तक्षेप बढ्यो

पाँच पूर्वप्रधानमन्त्रीको निष्कर्षः प्रधानमन्त्रीको गतिविधिले आन्तरिक राजनीतिमा वाह्य हस्तक्षेप बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिवधिका कारण नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको हस्तक्षेत्र बढेको निष्कर्ष निकालेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमहरुको विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीका अलोकतान्त्रिक कदमका कारण नेपालको आन्तरिक राजनीतिमा वाह्य हस्तक्षेप बढेको बताएका हुन् । उनीहरुले ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत चेतावनी दिएका छन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरुले सरकार कोरोना महामारी रोक्न नलागी सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ–‘सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरिएको छ । भ्रष्टाचार र अनियमित कार्यलाई प्रधानमन्त्री र उहाँका निकटस्थहरुबाट संरक्षण र प्रश्रय दिइएको छ ।’