ग्रेस इन्टरनेश्नलको प्रस्तुतिमा ‘फेसअफ प्लस टु’का प्रतियोगिले देखाए आ–आफ्नो प्रतिभा

ग्रेस इन्टरनेश्नलको प्रस्तुतिमा ‘फेसअफ प्लस टु’का प्रतियोगिले देखाए आ–आफ्नो प्रतिभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ग्रेस इन्टरनेश्नलले प्रस्तुत गरेको ‘फेसअफ प्लस टु २०१९’का प्रतियोगिले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित फेसअफ प्लस टुको दोस्रो संस्करणमा सहभागी भएका प्रतियोगिले ट्यालेन्ट शो अन्तर्गत आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन् ।

किशोर किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने यो प्रतियोगितामा किशोरतर्फ १८ जना र किशोरीतर्फ १४ प्रतियोगिले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिले नृत्य, गीत, कविता, अभिनय, आर्टलगायतका आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित यस प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए ।

प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए ।

गेट वे कलेज मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजनमा लुम्बिनी कलेज र विनायक सिद्ध कलेज रहेका छन् । त्यस्तै आयम इन्टरनेशनल कलेज, विट्स एकेडेमी, केयू सिटी कलेज, सम्झना पव्लिकेशन प्रा.लि., चामुण्डा व्रिज कोर्स, केएसी कुुरीनरी आर्टस, फ्लाइटेक इन्टरनेशनल, आश म्युजिक कम्पनी, हट वेव सलुसन, चावहिल स्पोर्टस क्लव, ज्यागुएर सेकुरिटी, बुटिक पाट्नर अभियगल, नेशनल माउण्टेन भ्यु रिसोर्ट, ग्रान्ड नरलिङ होटलस् रिर्सोटलगायतको साथ सहयोगमा प्रतियोगिता भइरहेको निर्देशक थापाले बताए ।

यतिवेला व्यक्तित्व विकास सम्बन्धि दैनिक विभिन्न तालिम लिइरहेका प्रतियोगिहरु यही मंसिर २३ गते अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका छन् । प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।