अनुहारमा प्राकृतिक चमक ल्याउन यसो गर्नुहोस्


काठमाडौं –अनुहार चम्किलो बनाउँन मेकअप गर्ने गरिन्छ तर मेकअप गर्दैमा अनुहारमा चकम आउँदैन । पछिल्लो समय अनुहारमा भएको दाग, चाउरीपनालाई ढाकछोप गर्न, अनुहारलाई आकर्षक देखाउन मेकअप गरिन्छ ।

तर अनुहारलाई बिना मेकअप कसरी चम्किलो र मुलायम ? यसका लागि भने हामीले प्राकृतिक उपाय अपनाउँनुपर्छ । अनुहारमा चमक ल्याउनका लागि सम्पूर्ण शरीर नै तन्दुरुस्त हुनुपर्छ । शारीरिक रुपमा सक्रिय, तन्दुरुस्त एवं स्वस्थ्य व्यक्तिको अनुहारमा प्राकृतिक चमक हुन्छ । त्यसैले अनुहारलाई चमकदार बनाउँन विभिन्न किसिमका क्रिम प्रयोग गर्नुभन्दा शारीरिक स्वास्थ्यमा ख्याल गर्नु सर्वोत्तम हुन्छ ।

यसका लागि हामीले सुत्ने, उठ्ने, खाने, शौच गर्ने नियमित तालिका निर्माण गर्नुपर्छ । पोषिलो आहार खाने, सकारात्मक सोंच राख्ने, ताजा फलफूल, सागसब्जी, जुस आदिको सेवन गर्ने, अनुहारको सरसफाईमा ध्यान दिने गर्नुपर्छ । यसैगरी व्यायाम, योग एवं ध्यान जस्ता विधीले पनि अनुहारको सौन्दर्यमा प्रभाव पार्छ ।

हामीले हाम्रो अनुहार दिनमा दुई पटकभन्दा धेरै धुनु राम्रो हुँदैन । किनभने त्यसरी पटक–पटक अनुहार सफा गर्दा छाला रुखो र संवेदनसिल हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement