४ वर्षमा हराएकी बालिकालाई १२ वर्षपछि फेसबुकले परिवारसँग मिलन गरायो


नयाँ दिल्ली – आन्ध्र प्रदेशकी एक बालिका १२ वर्षपछि छिट्टै आफ्नो परिवारसँग मिल्ने भएकी छन् । ती बालिका ४ वर्षको उमेरमा हराएकी थिइन् र फेसबुकको माध्यमबाट आफ्नो परिवारसँग भेट्न पाएकी छन् । वामसी कृष्णा नामका एक व्यक्ति फेसबुकको सहयोगबाट आफ्नो परिवारसँग छुट्टिएका नाबालिगलाई उनीहरुको परिवारसँग भेटाउने काम गर्छन् ।

आन्ध्र प्रदेशकी यी बालिकाको नाम भवानी हो । उनी वामसी कृष्णाको घरमा काम गर्नका लागि आएकि थिइन् । यसपछि वामसी कृष्णासँग कुराकानी गर्दा आफू ४ वर्षको उमेरमा विजयवाडामा आफ्नो आमा–बुवासँग छुट्टिएको बताइन् । यसपछि एक महिलाले उनलाई पालेकि थिइन् र सोही महिलासँग उनी विजयवाडामा बस्दै आएकी थिइन् । पुनः आफ्नो परिवारसँग भेटेर आफू अत्यन्त खुसी भएको उनले बताइन् । वामसी कृष्णाले भवानीको भाइलाई फेसबुकमा खोजेका थिए ।

न्यूज एजेन्सी एएनआईसँगको कुराकानीमा वामसी कृष्णाले भने, “म कसैलाई पनि काममा राख्नका लागि पहिला उसको कागज हेर्छु । यसैले मैले यस बच्चीसँग पनि कागज भागेको थिए । यसले मलाई उनको उमेर कति हो भन्ने थाहा होस् । उक्त बालिकासँग कुनै कागजात थिएन । किनकी उनी ४ वर्षको उमेरमै हराएकी थिइन् । उनलाई एक महिलाले गोध लिइन् ।” उनले अगाडि थपे, “मैले उनीसँग सोधे कि उनी आफ्नो परिवारसँग भेट्न चाहन्छिन् ? उनले हुन्छ भनिन् । यसपछि मैले उसको जानकारी लिए र फेसबुकमा उसको आमा–बुवालाई खोज्न सुरु गरे ।”

वामसीले भने, “मैले केही जान्ने मानिसलाई बच्चीको बारेमा बताए र उनीहरु मध्ये एकले मैले दिएको जानकारीको उत्तर पठाए । मैले भिडियो कल गरे र यसपछि बालिकाको परिवारले उक्त बालिका आफ्नो छोरी भएको बतायो ।”

प्रतिक्रिया दिनुहोस
Advertisement