फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने २ जना पक्राउ


बारा – फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

सप्तरीको सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरीलाई आइतबार प्रहरीले इटहरी बजारबाट पक्राउ गरेको हो ।

उनीहरुले फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ ठगेका हुन् । उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement