अफगानी नागरिकलाई फेसबुकको सहयोग : जोखिममा परेका पत्रकारको टोलीसहित १५० जना मेक्सिको पुगे

अफगानी नागरिकलाई फेसबुकको सहयोग : जोखिममा परेका पत्रकारको टोलीसहित १५० जना मेक्सिको पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिवानले राजधानी काबुल कब्जामा लिएपछि काबुल छोड्न चाहने केही अफगानीलाई फेसबुकले सहयोग गरेको खुलासा भएको छ । फेसबुकले एक सय ५० अफगानीलाई काबुलबाट बाहिरिन सहयोग गरेकोे हो ।

आफ्ना कर्मचारीसँगै केही अफगानी नागरिक मेक्सिको सिटी उडेको कम्पनीले जनाएको छ । उडानमा ७५ बालबालिका, कार्यकर्ता र स्वतन्त्र पत्रकार तथा उनका परिवार रहेको मेक्सिको सरकारले पुष्टि गरेको छ ।

काबुलको पतनपछि बहुराष्ट्रिय कम्पनी र विभिन्न संगठन अफगानिस्तानबाट फर्किएका थिए । ‘फेसबुकका कर्मचारी र नजिकका साथीलाई काबुल छोड्न सहयोग गर्ने क्रममा गम्भीर जोखिममा परेका पत्रकारहरुको एउटा समूह र उनका परिवार पनि थिए,’ फेसबुकका प्रवक्ताले भने । सहयोगमा साथ दिएकोमा फेसबुकले मेक्सिको सरकारलाई धन्यवाद दिएको छ ।

मेक्सिको सरकारले बुधबार अफगान नागरिकहरुको एउटा समूह मेक्सिको सिटी पुगेको जनाएको छ । संकटमा परेका उनीहरुलाई मानवीयताको आधारमा आश्रय दिइएको सरकारले जनाएको छ । दुई साताअघि अफगानिस्तानमा आफ्नो सुरक्षाबारे चिन्तित व्यक्तिका लागि नयाँ सुरक्षा उपाय ल्याएको थियो ।

‘संकटमा परेका अफगानीको अकाउन्ट चाँडो बन्द गर्न वान क्लिक टुल सुरु गरेका थियौं । प्रोफाइल लक हुनेवित्तिकै फेसबुकमा साथी नभएका व्यक्तिले उनीहरुका प्रोफाइल तस्बिर डाउनलोड गर्न वा सेयर गर्न सक्दैनथे,’ फेसबुकका सुरक्षा प्रमुख नाथनियल ग्लिचरले भनेका छन् ।