फेसबुकले ल्यायो नयाँ फिचर

फेसबुकले ल्यायो नयाँ फिचर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याएको छ । फेसबुकले अब म्यासेन्जरमा भिडियो कलिङ प्लेटफर्म जुमलाई टक्कर दिन नयाँ फिचर ल्याएको हो ।

अब मेसेन्जरमा पनि भिडियो कलिङको क्रममा अब स्क्रिन सेयर गर्न पाइनेछ । यो सुविधालाई एन्ड्रोइड र आइओएसको म्यासेन्जर एपमा दिइनेछ । यसमार्फत् ग्रुप भिडियोमार्फत् वा वान अन वान भिडियो कलको क्रममा एक–अर्कासँग स्क्रिन सेयर गर्न सकिनेछ ।

कोरोनाभाइरस महामारीपछि सुरु भएको लकडाउनपछि भिडियो कलिङ प्लेटफर्मको माग तीब्र रुपमा बढेपछि फेसबुकले पनि मेसेन्जरको ग्रुप भिडियो कलिङ सर्भिस रुमको सुरुवात गरेको हो । यो नयाँ स्क्रिन सेयरिङ फिचरमा ८ व्जनासँग जोडिन सकिने छ ।

मेसेन्जरमा दिइएको स्क्रिन सेयर फिचरको कुरा गर्नुपर्दा यसमार्फत् भिडियो कलिङमा भाग लिइरहेका मानिसहरुलाई आफ्नो स्मार्टफोनको स्क्रिन देखाउन सकिन्छ । स्क्रिन सेयरिङको यो नयाँ सुविधा मोबाइल एपमा मात्रै नभई मेसेन्जर रुम वेबमा पनि प्रयोग गर्न सकिनेछ ।