सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चारलाई गर्‍याे पत्राचार

सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चारलाई गर्‍याे पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले फेसबुक,ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतको पटकपटकको आदेश र मन्त्रिपरिषद बैठकको निर्णय तथा पटकपटकका सूचनाहरुका आधारमा दर्ता हुन नमानेका प्लेटफर्महरु निष्क्रिय पार्न लागिएको हो ।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको  मन्त्रालय स्रोतले जनाएको हो ।

यसअघि सर्वोच्च अदाल‌तका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।