‘फ्याक्ट अफ नेपाल २०२४’ पुस्तक सार्वजनिक


काठमाण्डु – डाटा र इन्फोग्राफिक संकलन शृंखलाको ९औं पुनरावृत्तिलाई निरन्तरता दिँदै ‘फ्याक्ट अफ नेपाल २०२४’ पुस्तक सार्वजनिक गरिएको छ ।

तथ्य अनुसन्धान र विश्लेषण प्रालिले प्रकाशन गरेको पुस्तकले पाठकलाई ज्ञान र डाटा सम्बन्धी विभिन्न विवरण प्रदान गर्ने जनाइएको छ ।

सबै पृष्ठभूमिका व्यक्तिहरूका लागि पहुँचयोग्य बनाउँदै पाठकहरूको दैनिक जीवनमा प्रभावकारी रूपमा डेटा साक्षरताका लागि पुस्तक आकर्षक रहेको प्रालिले जनाएको छ ।

पुस्तकमा विभिन्न क्षेत्रहरू जस्तैः आर्थिक, कर्पोरेट, सामाजिक, विकास र राजनीतिक लगायतका २४ वटा विषयवस्तुहरू समावेश गरी विस्तृत जानकारी प्रदान गरिएको छ । ‘यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रालिद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

प्रालि २०१२ मा स्थापना भएको निजी अनुसन्धानात्मक संस्था हो । संस्थाले रिटेल अडिट सेवाहरू, अनुकूलित अनुसन्धान, अभियान रणनीति, र ग्राहकहरूको लागि मिडिया गतिविधिमा विशेषज्ञ सेवा दिँदै आएको छ । संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षिक पहल गरेको छ ।

संस्थाले आकर्षक छलफल र इन्फोग्राफिक्समार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्रहरू, जर्नलहरू र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्ने गरेको जनाइएको छ ।

पुस्तकको जम्मा मूल्य ५०० रुपैयाँ रहेको छ । कार्यालयमा आएर पुस्तक खरिद गर्दा ३०% छुट सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement