काठमाण्डु – नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
प्रेसर कुकरमा भेटिएको उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा डिस्पोजका लागि आएको सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बताएको हो ।
क्याप्टेन सन्दीप थापाले शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको र तर्साउनका लागि मात्र राखिएको फेक बम भएको जानकारी दिए ।
एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आह्वान गरेका छन् ।
त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया