काठमाडौं – परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास नदिने बताइएको छ । लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास नदिने बताएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना गर्दै सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको बताएका छन्। परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा सूचनामा उल्लेख छ।




प्रतिक्रिया