फेन्सी पसल कुन–कुन दिन सञ्चालन हुन्छ ?

फेन्सी पसल कुन–कुन दिन सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञालाई खुकुदलो बनाइएको छ । आज काठमाण्डु भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय निर्णय गरेको हो ।

प्रशासनले निषेधाज्ञा पनि सञ्चालन हुन नसकेका फेन्सी पसल लगायतका पसलहरुलाई समय तोकेर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल अपनाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइन्छ । त्यस्तै सपिङ्ग मल, फेन्सी स्टोर, जुत्ता पसल, कमेस्टिक पसल लगायतका पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । त्यस्तै भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने बताइएको छ ।

फर्निचर र अटो मोबाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । त्यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु इलेक्ट्रिोनिक्स पुलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । त्यस्तै प्रशासनले सवारी साधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ ।