समुद्री आँधी फानी : ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले

समुद्री आँधी फानी : ओडिशाको पुरीमा एकको मृत्यु, आन्ध्रप्रदेशमा २० घर ढले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको थियो। फनी पूर्वोत्तर दिशातिर बढ्दै गर्दा नेपालमा पनि यसको आंशिक प्रभाव देखिएकोे छ।

भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे जमिनमा आइपुगेको थियो। उसले यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा बलियो हावाहुरीको रूप लिएको छ ।  रीमा हावाको गती २०० किलोमिटर प्रतिघण्टा बताइएको छ । विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी दिएका हुन् । लगभग १० लाखलाई यी तटीय इलाकाबाट निकालिएको बताइएको छ ।

भारतीय मिडिया आजतकका अनुसार पुरीमा रुख ढल्दा एकको मृत्यु भएको छ । यस्तै, आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा २० घर ढलेको खबर छ । श्रीकाकुलममा २० घर ढलेका छन् भने कतिमा केही आंशिक रुपमा क्षती भएका छन् । यद्यपी, कोही पनि घाइते भएको जानकारी छैन ।

मुख्यमन्त्री पटनायकले मानिसहरुलाई घरभित्रै बस्न अपिल गरेका छन् । बंगालको सरकारी स्कूलले गर्मीको छुट्टी दियोः बंगालका सबै सरकारी स्कूलले आजदेखि गर्मी बिदाको घोषणा गरेको छ । फानीलाई ध्यानमा राखेर गर्मीको छुट्टी दिइएको हो । फानी आँधीले ओडिशा तट पार गरेको छ । फानीले पुरी तटको १५ किमी दक्षिण पश्चिम तट पार गरेको छ ।