सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीमा सामेल

सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीमा सामेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका १० जना सांसद माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सामेल भएका छन् । प्रदेशसभामा एमालेका कूल २५ जना सांसद मध्ये १० सांसद मंगलबार एमालेबाट अलग्गिएर नेपाल नेतृत्वको नवगठित नेकपा (एस) मा सामेल भएका हुन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै आज औपचारिकरूपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर नेकपा (एस) मा सनाखत गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, मन्त्री माया भट्ट, सांसदहरू सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् । बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको एकीकृत समाजवादीले जनाएको छ ।