धनगढी – सूदुरपश्चिम सरकारले ल्याएको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै उनीहरुले संशोधन नगरेसम्म संसदमा छलफलनै अघि नबढाउने चेतावनी दिएका छन् ।
सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रुपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रोकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् ।
सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोद्ध गर्दै आएका छन् ।बजेटमाथि छलफल गर्नेगरी आज बिहान ८ बजेका लागि संसद बेलाइएको थियो । तर, सत्तारुढ दलाहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ ।




प्रतिक्रिया