प्रदेश इन्चार्जमा लेखराजको नाम राखेपछि ओली र माधव समूहबीच कुटाकुट

प्रदेश इन्चार्जमा लेखराजको नाम राखेपछि ओली र माधव समूहबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए ।

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि दुई समूहबीच कुटाकुट भएको हो ।

प्रदेश पार्टी कार्यालयमा भएको कुटाकुट घटनापछि प्रहरीले माधव समूहका एक जना नेतालाई नियन्त्रणमा लिएको छ । साथै पार्टी कार्यालयमा अहिले डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए ।

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूतिएका छन् ।