धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट सोमबार बिहान बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।
गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सो बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेकाे केपी शर्मा ओली समूहले असहमति जनाएका थिए । उनीहरुले विचौलियाहरुसँगको सेटिङमा बजेट ल्याइएको भन्दै विरोध गरेका थिए ।
बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल भएका हुन् ।




प्रतिक्रिया