एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहले दिए स्पष्टिकरणको जवाफ

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहले दिए स्पष्टिकरणको जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन् । सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोधेका थिए ।