सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई स्पष्टिकरण सोधेका छन् । अध्यक्ष ओलीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नेता शाहलाई ४८ घण्टे स्पष्टिकरण सोधका हुन् ।

एमाले प्रदेश सचिव राजेन्द्र रावलका अनुसार शाह केन्दी्रय सदस्य भएकाले अध्यक्ष ओलीले पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारमा किन बसेको भन्दै उनलाई जवाफ मागेका हुन् । जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो ।