काठमाण्डु – उद्योगीले पैसा नदिएपछि उखु किसानहरु फेरी काठमाण्डु आएका छन् । सरकार र उद्योगीले सम्झौता गरेर उखु बिक्री गरेकाे रकम नदिएपछि किसानहरु पुन आन्दोलनका लागि काठमाण्डु आएका हुन् ।
उखु किसान संघर्ष समिति सर्लाहीले एक विज्ञप्ति जारी गर्दै एउटै विषय लिएर पाँचौ पटक काठमाण्डु आएको जनाएको छ । समितिका सचिव हरेश्याम राय यादवका अनुसार ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
किसानलाई सरकार र उद्योगी दुवैले झुलाएको भन्दै उनले भने, ‘सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहान्छौं । सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहान्छौं ।’
सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।





प्रतिक्रिया