कैलाली- सुदुरपश्चिम प्रदेशको समग्र आर्थिक, औद्यागिक , बाणिज्य एवं पूर्वाधार बिकास तथा लगानीका क्षेत्रहरुको पहिचान गरि लगानी गर्ने मुख्य उद्देश्यले सुदूर पश्चिम एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट फण्ड स्थापना गरिएको छ ।
सुदूर पश्चिम जन्मथलो भई विश्वका बिभिन्न मुलुकमा बिभिन्न व्यवसाय र पेशामा संलग्न सुदूरपश्चिमेलीहरुको अगुवाईमा सुदूर पश्चिम एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट फण्ड स्थापना गरिएको हो । यसको नेतृत्व बाजुरा घर भई हाल सिंगापुरमा कार्यरत डा. अंगराज तिमिल्सेनाले गरिरहेका छन् ।
संसारका बिभिन्न देशमा छरिएर रहेको सुदूरपश्चिमेलीहरु र सुदूरपश्चिम तथा काठमाण्डौंमा रहेका यस प्रदेशका बिभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुबीच भएको छलफलपछि सुदूर पश्चिम एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट फण्ड स्थापना भएको हो ।
जुम मार्फत पटक पटक भएका छलफलमा सुदूर पश्चिम एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट फण्डको आवश्यकता, महत्व, यसले गर्ने कार्यका बारेमा डा. अंगराज तिमिल्सेनाले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
डा. तिमिल्सेनाले सुदुर पश्चिम प्रदेशको समग्र आर्थिक, औद्यागिक , बाणिज्य एवं पूर्वाधार बिकासमा योगदान पु¥याउनुका साथै सुदूर पश्चिममा लगानीका क्षेत्रहरुको पहिचान गरि लगानी गर्ने मुख्य उद्देश्यले सुदूर पश्चिम एनआरएन इन्भेस्टमेन्ट एण्ड डेभलप्मेन्ट फण्डको स्थापना गरिएको बताए ।
विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेलीहरु मात्र नभएर अन्य प्रदेशका व्यक्तिहरुले समेत फन्डमा लगानी गर्ने समेत प्रतिबद्धता गरिसकेका छन् ।
संसारभरी फैलिएका सुदूरपश्चिमलाई सुदूरपश्चिमको विकास र समृद्धिमा जोड्ने यो एउटा प्रयास हो, फन्डका सदस्य हिक्मत थापाले भने, हामी संसारको जुन सुकै कुनामा भएपनि सुदूरपश्चिमको विकास र समृद्धिका लागि योगदान पु¥याउन चाहन्छौ । फन्डको स्थापना पनि त्यही भावनाबाट भएको हो ।
फन्डको केन्द्रीय कार्यालय धनगढीमा स्थापना गरिने भएको छ । फन्डका लागि प्रमुख कार्यकारी अधिकृत(सिईओ) चयन र कार्यालय स्थापनाको प्रकृया समेत अघि बढिसकेको फन्डका सचिव डा.अग्नी कोईरालाले जानकारी दिए ।
फन्डमा शुरुमा सय करोड रुपैया जम्मा गर्ने लक्ष्य राखिएको छ, थापाले भने, यो पूँजि विस्तारै बृद्धि गर्दै लैजाने सोच छ । फन्डमा सुदूरपश्चिमेलीसंगै अन्यले लगानी गरिरहेको भएपनि फन्डले सुदूरपश्चिममा मात्र लगानी गर्ने छ ।
सुदूरपश्चिममा औद्योगिक तथा व्यवसायीक क्षेत्रमा लगानी गरी रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले फन्डको स्थापना गरिएको हो । शुरुमा सुदूरपश्चिममा लगानीका क्षेत्रहरुको पहिचान गरिनेछ । त्यसपछि ती क्षेत्रहरुमा प्राथमिकताका आधारमा लगानी गरिनेछ,डा. तिमिल्सेनाले भने, आर्थिक, सामाजिक तथा सबै दृष्टिकोणले देशका अन्य प्रदेशको तुलनामा पछि परेको सुदूरपश्चिमको विकास र समृद्धिका लागि संघीय, प्रदेश र स्थानीय सरकारसंग हातेमालो गर्नु नै फन्डको स्थापनाको मुख्य उद्देश्य हो ।
सुदूरपश्चिम जन्म घर भई संसार भरी फैलिएका बैज्ञानिक, ईञ्जिनियर, चिकित्सक तथा बिभिन्न बिधाका बिज्ञहरुहरुको सीप, ज्ञान,अनुभव र लगानीलाई सुदूरपश्चिमको विकास र समृद्धिमा सदुपयोग गर्ने हाम्रो सोच हो, फन्डका सचिव डा.कोईरालाले भने, संसार भरी छरिएर रहेका सुदूरपश्चिमेलीहरुको पैसा मात्र नभएर उहाँहरुको सीप, अनुभव र प्रबिधि पनि सुदूरपश्चिमको विकास र समृद्धिमा हस्तान्तरण गर्ने यसको मुख्य उद्देश्य हो ।




प्रतिक्रिया