फास्ट ट्र्याक अनियमितता प्रकरण : उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

फास्ट ट्र्याक अनियमितता प्रकरण : उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले काठमाडौं—तराई मधेस द्रुतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक बोर्ड सदस्यलाई कारबाही गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरूप द्रुतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनाका तत्कालीन प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड र तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठसहित आयोजनाको मूल्यांकन समितिमा रहेकाहरूलाई कारबाहीस्वरूप सचेत गराइएको बताए ।

तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका श्रेष्ठ उजुरीमा छानबिन हुनुअघि आयोजना प्रमुख बनेका थिए । डीपीआर तयार नहुँदै द्रुतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो ।याे समाचार राजधानी दैनिकमा छ ।