फास्ट ट्रयाकको प्रगतिबारे प्रधानमन्त्रीलाई सेनाको ब्रिफिङ

फास्ट ट्रयाकको प्रगतिबारे प्रधानमन्त्रीलाई सेनाको ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले निर्माणाधिन काठमाडौं—तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को  प्रगतिबारे ब्रिफिङ गरेकाे छ।  आइतबार जंगी अड्डाको निरीक्षणमा पुगेका प्रम ओलीलाई नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले प्रस्तुतिकरण गरे।

उनले प्रम ओलीलाई फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको र लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको जानकारी दिएका थिए। द्रुतमार्गको इन्टर सेक्सन निर्माण गरिने र ६.४ किलोमिटर लामो सुरुङ बन्ने छन्। फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्लाको निजगढ पुगिन्छ । विगतमा १ खर्ब १२ अर्ब लागत अनुमान गरिएको थियो।

यसअघि प्रम ओलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा स्वागत गरेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे पनि जंगीअड्डा पुगेका थिए।