काठमाडौं-तराई द्रुतमार्ग निर्माण गर्न १ खर्ब ७५ अर्ब चाहिन्छ : नेपाली सेना

काठमाडौं-तराई द्रुतमार्ग निर्माण गर्न १ खर्ब ७५ अर्ब चाहिन्छ : नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना काठमाडौं तराई द्रुतमार्ग निर्माणका लागी १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ । तर द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको हो ।

सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ । मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार सिकाली मन्दिरसँगै १३ रोपनी जमिन मासिने भन्दै खोकनाबासी विरोधमा उत्रिएपछि विकल्पको बहस सुरु भएको थियो ।

७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ। यो रकम एशियाली विकास बैंकले प्रक्षेपण गरेभन्दा बढी हो। सेनाले परियोजनाका लागि बजेट समस्या नहुने समेत दाबी गरेको छ।

परियोजना सम्पन्न गर्न ३ वर्ष ६ महिना लाग्ने नेपाली सेनाले जनाएको छ। डिपीआरअनुसार यो परियोजनाका लागि १ लाख ५१ हजार रुख काटिनेछन्। परियोजनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको प्रस्थानबिन्दू खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिए।

‘श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिर्वतन गरिनेछ’, पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले भने। निर्माणको जिम्मा पाएको नेपाली सेनाका अनुसार डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर कायम हुनेछ । यसअघि ७६.२ किमी थियो । तर लागत भने बढेको छ ।