एमसीसीको टोलीले अर्थमन्त्री शर्मालाई पनि भेट्यो 

 एमसीसीको टोलीले अर्थमन्त्री शर्मालाई पनि भेट्यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ । अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारको टोलीले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गरको थियो ।

जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक  दलहरूबीच छलफल भइरहेकाले नेपालको हितमा हुनेगरि राष्ट्रिय सहमति बनाएर पारित गर्न सकिने बताएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

सुमारको टोलीले राजनीतिक दलका शीर्ष नेताहरूसंग भेटेको छ । सुमारले नेताहरूलाई एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएकाले ढुक्क हुन आग्रह गरेकी छन्  ।