काठमाडौं – अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएका छन् । फल आर्मीवर्म (एफएडब्ल्यू ) नामक कीरा बालीका लागि निकै हानिकारक हुने र यसले केवल मकै मात्रै नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु तथा अन्य घाँसमा पनि असर र्पुयाउने बालीबिरुवामा लाग्ने कीराका विशेषज्ञ पनि रहेका कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
बालीनाली नभेटेका बेला घाँस मात्रै खाएर पनि बाँच्ने यो कीराले बन्दा, चुकन्दर, बदाम, प्याज, भटमास, गोलभेडा, आलुमा पनि क्षति र्पुयाउन सक्छ। गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो।
अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो। अमेरिकाको विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो कीरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाईल्यान्ड र बाङ्ग्लादेशमा देखा परेको थियो।
वैशाख २६ गते नवलपुरस्थित गैँडाकोटको मकैबारीमा भेटिएका कीराका विभिन्न अवस्थाको अध्ययन गरेपछि नेपालमा पनि फौजी कीरा फैलिएको नेपाली कीटवैज्ञानिकहरूले पहिलो पटक पुष्टि गरेका छन्। नेपालको तापक्रम र पानी पर्ने पद्धतिले फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीटवैज्ञानिकहरूको मान्यता छ।




प्रतिक्रिया